प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से ०.७९ अंक घटेर २८३१.२७ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १७२ पटकको कारोबारमा ४ करोड ६३ लाख १४ हजार ९६८ रुपैयाँ ६० पैसाबराबरको ७७ हजार २२३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार ११:००













