प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से
२१ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १११ पटकको कारोबारमा १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँ ३० पैसाबराबरको १८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार ११:०२














