१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

गणपति लघुवित्तको नाफा १७९ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी कति ?

२० साउन, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुव्त्तिले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशत बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाले ६ करोड ७ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४ पैसा , मूल्य आम्दानी अनुपात ५६.६६ गुणा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रकाशित मिति : August 5, 2025 at 10:46 am