बोलबम गएकी महिलाको सुन्दरीजलमा मृत्यु
१९ साउन, काठमाडौं । बोलबम हिडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ । आइतबार राति गोकर्णेश्वर नगरपालिका(१ स्थित सुन्दरीमाई मन्दिरस्थित खोलामा चितवन घर भई कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताउनुभयो ।
बोलबम गएकी धामी ढुंगामा चिप्लेर खोलामा खसेकी थिइन्। उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १४:१६









