काठमाडौंमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ
१४ साउन, काठमाडौं । काठमाडौंमा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई १६ वर्षीया किशोरी बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १४:५४












