नायब महान्यायाधिवक्ता घिमिरेले अवकाश हुनुअगाडि नै दिए राजीनामा
७ साउन, काठमाडौं । नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले अवकाश हुनुअगावै राजीनामा दिनुभएको छ । अवकाश हुनुभन्दा केही दिन अगाडि नै उहाँले दिएको राजीनामा मन्त्रिपरिषद बैठकबाट स्वीकृत समेत भइसकेको छ ।
उहाँले साउन २ गतेदेखि लागु हुनेगरी राजीनामा दिनुभएको थियो । उक्त राजीनामालाई साउन ४ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ।
उहाँ साउन ४ गतेदेखि स्वतस् अवकाशमा जान लाग्नुभएको थियो । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १२:४९









