सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
३१ असार, काठमाडाैँ । घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले घुस खाएको अडियो केही दिनअघि सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको चाैतर्फी विरोध भएको थियो ।
विपक्षी दलहरुले राजीनामा तथा कारबाहीकाे माग गरेका थिए । अडियोमा गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए । अडियोमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ ।

मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार ११:४४









