२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न डराउनुपर्दैनः प्रधानमन्त्री ओली

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमा भएको यथार्थ भन्न डराउनु नपर्ने बताउनुभएकाे छ । काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो दाबी दोहोर्‍याउनुभएकाे हाे ।

यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक  भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गर्नुभएकाे थियाे । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उहाँको भनाइ छ। उहाँले राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने बताउनुभयाे  ।

उहाँले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गर्नुभयाे । ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उहाँले भन्नुभयाे, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’

प्रकाशित मिति : 17:27