७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

२२ असार, काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरोज कुमार सिंह नियुक्त हुनुभएकाे छ । असार २० गते बसेको कम्पनीकाे सञ्चालक समितिको १६७ औं बैठकले सिंहलाई चार वर्षको पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहको नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ को उपदफा (२) र नेपाल राष्ट्र बैंकले तोकेको सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख), ५ (ख) र सोही ऐनको दफा २ (क) तथा दफा २८ का प्रावधानहरूअनुसार  सीईओ नियुक्त गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : July 6, 2025 at 10:48 am