असार २७ गतेदेखि आईपीओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त, क-कसले भर्न मिल्छ ?
१९ असार, काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले प्रति सेयर रू। १०० अंकित दरका २ करोड ३१ लाख रुपैयाँबराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये ०।५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर, कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ । कर्मचारी, सामूहिक लगानी कोष तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याएको सेयर बिक्री नभएमा सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदनमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : 09:27









