१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

एमालेले माग्यो समिति सभापति रामहरि खतिवडाको राजीनामा

१८ असार, काठमाडाैं । सत्तारूढ नेकपा (एमाले)ले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारे समितिमा भएको छलफल तथा निर्णयभन्दा फरक कुरा संसदमा पेस भएको विषयमा समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताउनुभयाे ।

साथै, उहाँले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि माग गर्नुभएकाे छ ।  ‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,’ उहाँले भन्नुभयाे, ‘हेर्ने अन्तिम दायित्व उहाँहरूको हो। जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।’

प्रकाशित मिति : July 2, 2025 at 1:34 pm