२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

राइजिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त

१६ असार, काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

एक कार्यक्रमका बिच राईजिङ हाइड्रोपावरका तर्फबाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ ।

२०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्था हो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १७:३२