१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौंः रामकुमारी झाक्री

१५ असार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले  पार्टीको नेतृत्व फेर्नुपर्ने बताउनुभएकाे छ ।  शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने? ।’ झाक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताउनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

प्रकाशित मिति : June 29, 2025 at 1:16 pm