१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

१३ असार, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ।

जसपा नेपालले संघमा पनि केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

प्रकाशित मिति : June 27, 2025 at 5:14 pm