मन्त्रिपरिषद् बैठक बस्दै
१३ असार, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
प्रकाशित मिति : 12:26







