९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बैंकिङ कसूर मुद्दामा फरार रहेका नुवाकोटका प्रकाश कट्टेल पक्राउ

१३ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला तादी गाउपालिका वडा नं. ०२ घर भइ हाल बबरमहल बस्ने वर्ष ३९ का प्रकाश कट्टेल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले असार ११ गते पक्राउ गरेको हो।

उनलाई बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ बिराटनगर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धा न कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 27, 2025 at 11:24 am