२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

११ असार, काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज बसेको सचिवालय बैठकले साउन ५ गते बस्नेगरी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे ।  त्यसअघि २ गते पोलिटव्यूरो बैठक बस्ने उहाँले बताउनुभयाे। बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय गरेको छ ।

त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ । महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रस्ताव पेस गर्ने उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : 18:40