२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गर्ने एक जना पक्राउ

११ असार, काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : June 25, 2025 at 1:15 pm