९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

भर्ने होइन त ? सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै विकाश हाइड्रोपावर

११ असार, काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो । यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ।

कम्पनीले  प्रतिसेयर १०० रुपैयाँ दरका २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको हो। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन बन्द छिटोमा असार २२ गते र ढिलोमा साउन १ गतेसम्म हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : June 25, 2025 at 12:15 pm