९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

एनएमबि लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

११ असार, काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ३२ गते पोखरामा रहेको होटल सिटी स्क्वायरमा १२ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने,अन्य लघुवित्तसँग गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : June 25, 2025 at 10:11 am