बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद सुमन रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
८ असार, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा बर्दियाको गुलरिया नगरपालिका-५ की ४५ वर्षीया रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीका अनुसार उनीविरूद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पुर्जी जारी भएको थियो। रायमाझीविरूद्ध पर्साकी आशाकुमारी चौहानले बैंकिङ कसुर र चेक अनादर मुद्दा दायर गरेकी थिइन्। २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १७:०९












