नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर
६ असार, काठमाडाैं । नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन् । विशेष अदालतले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हाे । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले राजु कँडेलबाट बस्नेतले ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर सहित सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ ।
प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १८:०६