१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

६१ किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोक्का पक्राउ

६ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।  ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर अमला फरार थिइन्।

प्रकाशित मिति : June 20, 2025 at 4:32 pm