कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
६ असार, काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराउनुभएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गर्नुभएको हो ।
लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभएको हो ।
प्रकाशित मिति : 12:20









