९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

६ जेठ, काठमाडौं । टुरिजम इन्भेष्मेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्न असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभामा कम्पनीले जारी पूँजीको २०.५३ प्रतिशत बराबर आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव पारित गर्नेछ। साथै। सभामा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने,  लाभांश वितरण गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : June 20, 2025 at 11:15 am