९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध बैंकिङ कसुरमा जाहेरी

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा चौधरीविरुद्ध हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत दिएको जाहेरी आएको तर अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताउनुभयो । चौधरीविरूद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।

प्रकाशित मिति : June 19, 2025 at 4:52 pm