लागुऔषध बेचबिखनको आरोपमा काठमाडौंबाट मनिषा पक्राउ
५ असार, काठमाडौं । लागु औषध बेचबिखनको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जनकपुर घर भइ काठमाडौं–१५ बस्ने २० वर्षीष मनिषा ठाकुर छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
लागु औषध बेचबिखन गरेको सूचनाका आधारमा उनको कोठामा प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा २१ हजार ५ सय ट्याब्लेट ट्रमाडोल, २६० पिस फेनारगन, २६० पिस डाइजापा र २६० पिस नुर्फिन बरामद भएको प्रहरीले बताएको छ । साथै २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले बताएको छ । ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:२३












