१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

किन स्थगित भयाे तीन दलका शीर्ष नेताको बैठक ?

५ असार, काठमाडौँ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहनुभएकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो ।

प्रकाशित मिति : June 19, 2025 at 3:08 pm