२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध

५ असार, काठमाडौं ।  प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध कायमै राखेका छन् । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक  अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : 13:24