गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
३ असार, काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
योसँगै अब सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत हुनेछ । सम्झौता पत्रमा हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जवरा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गर्नुभएको हो ।
प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १४:१२













