२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

‘नीलाे रिबन’ लगाएर संसद पुगे रास्वपाका सांसद

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु ‘निलो रिबन’ लगाएर संसद भवन पुग्नुभएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गर्नुभएको हो ।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता मनिष झाले बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १३:५९