१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा सुधार आउँदा यस दिन सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको ८७ करोड २० लाख ९७ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख ९१ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५० करोड ७४ लाख २९ हजार रुपैयाँ, माउन्टेन इनर्जी डेभलपमेन्टको ५० करोड ३८ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 15, 2025 at 3:17 pm