प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
२७ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन सोमबार २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४९ स्टकको ९७ पटकको कारोबारमा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ ३७ पैसाबराबरको ३९ हजार ५४४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 10, 2025 at 11:00 am









