आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२६ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । यस दिन नेप्से परिसूचक २७.२९ अंकले बढेर २९५७.१९ काे बिन्दुमा बन्द भएकाे छ ।
यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६२ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख १२ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख ४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख ३७ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३७ करोड ७९ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १५:१९