३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२२ जेठ, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीकाे स्वामित्वमा रहेको १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । साे सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै,जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १२:३४