३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२० जेठ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले असार ३ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गरी सो सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १२:३६