प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
२० जेठ, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार १.६० अंकले बढेर २६९४.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६२ अंक घटेर २६९४.०४ विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४५ स्टकको ६० पटकको कारोबारमा ९ लाख ३९ हजार २१ रुपैयाँ ७२ पैसाबराबरको १ हजार ३९९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 3, 2025 at 10:56 am









