२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, मर्जरसहित यस्ता छन् एजेन्डा

१५ जेठ, काठमाडौं । बेष्ट फाइनान्सले साधारण सभा बोलाएको छ । कम्पनीले असार १८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने छ ।

सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । साथै, सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुने र चालु आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ जेठ २४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १३:२७