२ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026

प्रि ओपन सेसमा साढे ४ अंकले बढ्यो नेप्से

८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ७.९४ अंकले घटेर २६६९।५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.५५ अंकले बढेर २६७४.०७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३५ स्टकको ४७ पटकको कारोबारमा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको २ हजार १५२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 22, 2025 at 11:01 am