१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

जेठ १८ गतेदेखि ५ अर्बको ऋणपत्र निष्कासन गर्दै निफ्रा

८ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड९निफ्र०ले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ ५, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरमा ५ अर्ब रुपैयाँ बराबरको कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते बैंकिङ समयपछि हुनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। य

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १०:१९