२ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

६ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६८ अंकले घटेर २६२७.६८ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४७ स्टकको ७४ पटकको कारोबारमा ३० लाख ६९ हजार १४९ रुपैयाँ २० पैसाबराबरको ५ हजार १५९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 20, 2025 at 10:57 am