३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से

४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेको छ। अघिल्लो कारोबारको दिन गत बिहीबार ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५९ अंकले घटेर २६०८.२५ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ३७ स्टकको ८५ पटकको कारोबारमा २६ लाख ६७ हजार ७२ रुपैयाँ बराबरको ३ हजार १६५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 18, 2025 at 11:04 am