१६ पुष २०८२, बुधबार | Thu Jan 1 2026

निफ्राले पायो ५ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

३० वैशाख, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्र)ले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । निफ्रालाई ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ %, २०८८/८९’ नामक हरित ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले  अनुमति दिएको हो ।

याे सँगै निफ्राले अब ७ वर्ष अवधिकाे ५ अर्ब बराबरको प्रति इकाई १००० अंकित दरका ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी २० लाख इकाई आम सर्वसाधारणमा जारी गरिनेछ ।  यो ऋणको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १७:३३