३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार कित्ता सेयर बिक्रीमा

२६ वैशाख, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८६ हजार ४७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले  सूचना प्रकाशित भएको १५ दिनभित्र  खरिद आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले
काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार ०९:५७