४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

प्रि ओपन सेसनमा ४.१२ अंकले बढ्यो नेप्से

२१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.१२ अंकले बढेर २६२७.९६ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ६२ स्टकको १३९ पटकको कारोबारमा १ करोड ८१ लाख ६७ हजार २८६ रुपैयाँ ८० पैसाबराबरको ६७ हजार ६२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 4, 2025 at 11:00 am