२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र नियुक्त

१९ वैशाख, काठमाडौं। गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त हुनुभएको छ । फाइनान्सको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई वैशाख २१ गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १२:१६