प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५९ अंकले घटेर २६६१.०१ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ४५ स्टकको ८२ पटकको कारोबारमा २ करोड ९ लाख ७१ हजार ४८९ रुपैयाँ ४० पैसाबराबरको ४३ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 28, 2025 at 11:02 am





