१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

हिमालयन लघुवित्तको नाफा ३६९.३४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१२ वैशाख, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६९.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ५३.०६ प्रतिशतले बढेर २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म कम्पनीले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । कमपनीको कुल सञ्चालन आम्दानी २८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ । भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा छ । समीक्षा अवधिसम्म नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। यो अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा बढेर २२ रुपैयाँ ३० पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।

प्रकाशित मिति : April 25, 2025 at 10:01 am