बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१० वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा झरेको छ ।
यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन एन्फ्रास्ट्रक्चरको ५१ करोड ६३ लाख ६९ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४१ करोड ९ लाख ३५ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३५ करोड ८९ लाख ११ हजार रुपैयाँ र एचआइडिसिएलको ३१ करोड ६४ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:29









