२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

९ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सेयर बजारमा गिरावट आउँदा पनि आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:44